देउबा पार्टीको सभापति हो, गुटको सभापति होइनः गगन थापा

काठमाण्डु टुडे २०७८ मंसिर २९ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– नेपाली कांग्रेसका नेता गगन थापाले नवनिर्वाचित सभापति शेरबहादुर देउवा अब गुटको सभापति बन्न नहुने बताएका छन्।

नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने हो भने देउवा अब गुटको सभापति नभइ सिंगो कांग्रेसको सभापति बन्न सक्नुपर्ने बताए। महाधिवेशनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिने कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘अब नेपाली कांग्रेसको सभापति हो। गुटको सभापति होइन। बालुवाटार, बूढानीलकण्ठ र पार्टी कार्यालयमा गुटको बैठक राख्दिनँ भन्न सक्नुपर्छ। हिजो बस्ने गर्थ्यो अब त्यसबाट पार्टी सभापतिको यात्रा सुरु हुन्छ की हुँदैन हेर्ने हो’, उनले भने, ‘हामीले केवल पार्टीको हित मात्रै सोच्ने हो। त्यसका लागि हामीले संघर्ष गर्ने हो।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us