
काठमाण्डु, २८ मंसिर– कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुनेभएपछि देउवा आफूलाई सघाउन साथ माग्दै दौडधुपमा लागेका छन् ।
उपसभापति विमलेन्द्र निधिको निवास पुगेर देउवाले आफूलाई समर्थन गर्न आग्रह गरे । पहिलो चरणको चुनावमा सभापतिका प्रत्सासी विमलेन्द्र निधिले २४९८ मत ल्याएका थिए । यसअघि चाक्सिबारी पुगेका देउवालाई प्रकाशमान सिंहले सघाउने वचन दिइसकेका छन् ।