काठमाण्डु, २६ मंसिर– नेकपा एमालेको केन्द्रीय कमिटीको आज दोस्रो दिन बस्ने बैठकले पार्टीको स्थायी समिति र पोलिटब्यूरो कमिटी गठन गर्नै भएको छ । भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा आइतबार ११ बजेपछि बस्ने बैठकले पार्टीको स्थायी समिति र पोलिटब्यूरो कमिटी गठन गर्ने एजेण्डा छ ।
१५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो । आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने तयारी छ । स्थायी समिति र पोलिटब्युरोमा पर्ने नामहरूबारे शनिबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सामान्य जानकारी गराएका थिए । शनिबारको बैठकले २३ पुसमा जिल्ला अधिवेशन, ८ माघमा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ