काठमाण्डु, २६ मंसिर– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका देउवा पौडेललाई भेट्न उनको निवास बोहोराटारमा पुगेका हुन् ।
पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई सक्रिय राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको अझै आवश्यकता रहेको देउवाले भनेका थिए ।