
काठमाण्डु, २४ मंसिर– सभापतिको साझा उम्मेदवार टुङ्ग्याउन भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक पुन आज साँझ बस्ने भएको छ।
आज (शुक्रबार) महाधिवेशन उद्घाटन कार्यक्रम सुरू हुनु केही समय अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा साझा उम्मेदवार तय गर्न नसकेपछि बैठक पुनः बस्ने भएको छ ।