करार शिक्षकलाई स्थायी गर्ने सरकारको निर्णय खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– सात विद्यार्थी संगठले त्रिभुवन विश्वविद्यालयले करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने स्पष्ट पारेका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) माओवादी केन्द्र, अनेरास्ववियू (एकीकृत समाजवादी) समाजवादी विद्यार्थी यूनियन (जसपा) राष्ट्रिय जनमोर्चा निकट अखिलले हस्ताक्षर गरेका छन् ।

यस विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई एक्यवद्धता जनाउन शुक्रवार १ बजे किर्तिपुर क्याम्पसमा बृहत प्रदर्शन सहित सभाको आयोजना गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन्।

संगठनहरुले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रने चेतावनी समेत दिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us