प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर–  नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्।

काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले भोलि सुरु हुने १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका हुन्।

संस्थापनइतरबाट आफू नै साझा उम्मेदवार हुने उनको दाबी छ । ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने, कुनै हालतमा पछि हट्दिनँ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us