भूकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै धन्यवादका पात्रा हुनः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।

भूकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए ।

अर्थमन्त्री शर्माले भने, ‘भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ। पुर्ननिर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भूकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिक धन्यवादका पात्रा हुन। भौतिक संरचना, नीजि आवास तथा सार्वजनिक संरचना, पुरातात्विक,सांस्कृतिक तथा एतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्वपूर्ण चरण पार गरेका छन्।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us