राप्रपा अध्यक्ष लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०७८ मंसिर २० गते १७:३२ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

उनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए । ‘

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us