चितवन, २० मंसिर– प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा (जुगल) सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।
मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ ।
अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्षसहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ ।