तेह्रथुम कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा

काठमाण्डु टुडे २०७८ मंसिर २० गते १०:२० मा प्रकाशित

सांकेतिक तस्बिर

तेह्रथुम, २० मंसिर– तेह्रथुममा कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झडप भएको छ । हिजो राति झडप भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए ।

कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ । नाइके र कैदीबन्दीको बिचमा झगडा भएको प्रारम्भिक सोधपुछबाट थाहा भएको निमित्त जेलर हरिकृष्ण ढकालले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us