तपाईंहरु भ्रममा नपर्नुस्, निर्वाचनमा जनताले देखाइदिन्छन्ः माधव नेपाल

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधानविपरीत दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका हुन् ।

‘जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन्,’ उनले भने, ‘तपाईंहरु पनि भ्रममा नपर्नुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us