काँग्रेस प्रदेश अधिवेशन– लुम्बिनीमा पनि मतदान सुरु

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–  नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी अहिले मतदान सुरु भएको हो ।

भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us