कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए।
‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम– वैचारिक छलफल हुन छोड्यो,’ पूर्वमन्त्री आचार्यले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us