प्रभु साहप्रति प्रचण्डको टिप्पणी– ओरिजिनल त केपी गुटकै मान्छे थिए

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रभु साहलाई सच्याउन खोजेपनि १२ वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बांगाको बांगै भन्या जस्तै भएको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई माओवादीक कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रस्ताव पारित नभएको हो। एमालेको केपी गुटचाहिँ मधेश विरोधी, आदिवासी जनजाति, दलित, महिला र मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी छ। उसैको कारणले संविधान संशोधन पनि भएन’ प्रचण्डले भने, ‘तर, अहिले कतिपय हिजो माओवादी आन्दोलनमा भएका। जसले तपाईंहरुलाई भ्रम दिए, ती ओरिजिनल त केपी गुटकै मान्छे थिए। बीचमा म सच्चिन्छु, माओवादी हुन्छु भनेर आए। अन्तिममा एमाले केपी गुटमै गए।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us