उदयपुरमा मतदाता नामावली संकलन अभियान भोलिदेखि

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १०:४१ मा प्रकाशित

उदयपुर, १६ मंसिर–  जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदाता नामावली संलकन अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालका अनुसार १७ मंसिरदेखि १८ पुससम्म अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा १७ मंसिर देखि २ पुससम्म लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ भने दोस्राे चरणमा ४ पुसदेखि १८ पुससम्म रौतामाई गाउँपालिका, बेलका र चौदण्डीगढी नगरपालिका केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताए ।

मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन् । नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा तथा बसाईँसराई तथा बिवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us