म्याग्दीमा जिप दुर्घटना, जनप्रतिनिधिसहित चारको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते ७:३४ मा प्रकाशित

म्याग्दी, १४ मंसिर– म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

बेनीबाट सिमतर्फ जाँदै गरेको निलगिरी ग१ज ७२५१ नम्बरको जिप रघुगंगा गाउँपालिका– बेगमा सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन, ४५ वर्षीय खिमानन्द शर्मा ३० वर्षीया गौमाया विक छन् । विक रघुगंगा गाउँपालिका–१ की निर्वाचित वडा सदस्य हुन् ।

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us