ओली अध्यक्षको उम्मेदवार बन्न नपाउने भएपछि फेरियो एमाले विधान

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १३:०८ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– नेकपा एमालेको विधान फेरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्षमा उम्मेदवार हुन नपाउने भएपछि उनले पहिलेको विधान फेरेका हुन् ।

२०७८ असोज १५ देखि १७ सम्म आयोजना गरिएको विधान महाधिवेशनले विधानमा प्रस्ट भाषामा व्यवस्था गर्‍यो – एउटै पदमा दुईपटकभन्दा बढी उम्मेदवार हुन नपाइने।

विधानको धारा ६४ (१) मा भनिएको थियो पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटकभन्दा बढी उम्मेदवार हुन पाउने छैन । तर, शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले यो व्यवस्था परिवर्तन गर्ने निर्णय गर्‍यो। सोहीअनुसार शनिबार राति एमालेको दशौं महाधिवेशनको बन्दसत्रले विधानको त्यो व्यवस्था संशोधन गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us