
काठमाण्डु, ११ मंसिर– नेकपा एमाले नेता अग्नि खरेलले अर्का नेता भीम रावललाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
नेता खरेलले पार्टीको १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।