झापामा जंगली हात्तीको आक्रमणमाबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर १० गते १०:२५ मा प्रकाशित

झापा, १० मंसिर– झापामा जंगली हात्तीको आक्रमणमाबाट एकको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो ।

घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us