३०८ कोरोना संक्रमित थपिए, तीनको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  मुलुकभर थप पछिल्लो  २४ घण्टामा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १०४ जनाको पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

सोही अवधिमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, मुलुकका विभिन्न अस्पतालबाट २९८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us