काठमाण्डु, ९ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै माइती घर माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरिएको छ ।
पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाले राजीनामा दिन पर्ने मागसहित मार्चपास गरेको हो । राणाले राजीनामा दिन अटेरी गरेकाले उनलाई महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग पनि मार्चपासमा माग गरिएको छ ।
‘न्याय मार्च’मा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलन सहभागि छन् ।