मंसिर १५ देखि गोलाप्रथाबाट पेसी तोक्ने फुलकोर्टको निर्णय

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १५:२७ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो ।

बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us