
काठमाण्डु, ५ मंसिर– नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोहि क्रममा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ पुगेको छ।
आइतबार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार १६४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ७ हजार ८४५ पीसीआर तथा १ हजार २७८ एन्टिजेन परीक्षण भएको छ।