दुई जनप्रतिनिधि घूससहित पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक २९ गते १८:०१ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– सर्लाहीका दुई जनप्रतिनिधिहरु घूस रकमसहित पक्राउ परेका छन् । आज (सोमबार) अख्तियारको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका ११ का दुई वडा सदस्यहरु– इश्वरपुर नगरपालिका ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय लाई पक्राउ गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई रु १ लाख ५० हजार रुपैयाँ लिइरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us