आगामी निर्वाचनमा उनीहरुले आफ्नो जनमत जोगाउन सक्ने छैनन्ः ओली

काठमाण्डु टुडे २०७८ कार्तिक २२ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् ।

सोमबार नेकपा एमाले मोरङले विराटनगरमाआयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने– ‘मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’

‘संघ र प्रदेशको सरकार ढालेर यतिबेला खुसी भएका छन् । तर म चुनौती दिन्छु, आगामी निर्वाचनमा उनीहरुले आफ्नो जनमत जोगाउन सक्ने छैनन्’, उनले थपे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us