
काठमाण्डु, १७ कात्तिक– प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नाअएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’