आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छः गृहमन्त्री खाँण

काठमाण्डु टुडे २०७८ कार्तिक १४ गते १४:४३ मा प्रकाशित

बुटवल, १४ कात्तिक– गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले भने– ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’

संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us