खसीबोका बिक्री नभएपछि गाउँ फर्काउन थालियाे

काठमाण्डु टुडे २०७८ कार्तिक ३ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– गत वर्षको तुलनामा यस वर्ष दसैँमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् । दसैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् ।

काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए । उनले कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको उनले भनाइ छ ।

उनले गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसिबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रा.लि.मा ३५ हजारसम्म खसिबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us