काठमाण्डु, ३ कात्तिक– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टी एमालेलाई सिध्याउन बनेको आरोप लगाएका छन्। बुधबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीको उद्देश्य नै एमालेलाई सिध्याउनु रहेको बताए।
‘माधव नेपालको गुटको गन्तव्य नेकपा एमालेलाई सिध्याएर प्रतिक्रियावादीहरूलाई बलियो बनाउने हो। त्यो पनि गन्तव्य हो र ? त्यो त विनाश हो। विनाशलाई गन्तव्य भनिँदैन। जुन बिलकुल असम्भव छ, एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन। एमालेसँग मात्रै गन्तव्य छ। अरू कुनै पार्टीसँग छैन।’ उनले भने।