चितवनका सभापति श्रेष्ठलाई रामचन्द्र अधिकारीको चेतावनी

काठमाण्डु टुडे २०७८ कार्तिक ३ गते १२:१२ मा प्रकाशित

चितवन, ३ कात्तिक– नेकपा माओवादी केन्द्रका युवा नेता रामचन्द्र अधिकारीले नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलाई कडा चेतावनी दिएका छन् ।

श्रेष्ठले केही दिन अघि एक कार्यक्रममा प्रचण्ड र माओवादी माथि तल्लो स्तरको टिप्पणी गरेपछि अधिकारले चेतावनी दिएका हुन् ।

नेपाली काँग्रेस मात्र होइन एमाले सहित तत्कालिन सात दल, दरबार र सेना समेतको गठजोडले लखेट्न सिध्याउन नसकेको माओवादी र यसको नेतृत्व प्रचण्ड केहि जितनारायणहरुको भाषण र तागतमा लखेटिन्छन भन्ने भ्रममा नपर्न अधिकारीले चेतावनी दिएका छन् ।

चितवन माओवादी आन्दोलन मात्र नभई कम्यिुष्टको किल्ला भएको बताउँदै चितवनवासी जनताले आन्दोलन मात्र हैन विकासको नेता पाएका र चितवनको विकासको नयाँ गति देखेर विरोधीहरुलाइ असह्य भएर बेहोसीमा बर्बराउन थालेको अधिकारीले बताएका छन् ।

उनले श्रेष्ठको अभिब्यक्ति पछिल्लो राजनितिक कोर्स, सहकार्य र जारी गठबन्धन सरकार निर्माणको मर्म विरुद्ध भएकाले चर्चामा आउन मन भए जथाभावी बोल्न छाडेर सृजनात्मक क्रियाकलापमा लाग्न सुझाव समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us