स्वास्थ्यमा समस्या आएपछि मोहन वैद्य अस्पताल भर्ना

काठमाण्डु टुडे २०७८ असोज ३१ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै अनलाइनखबरसँग भने, ‘एक –दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us