३३ किलो सुन प्रकरणः सबै प्रहरीले पाए सफाइ, गोरेलाई जन्मकैद

काठमाण्डु टुडे २०७८ असोज १९ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १९ असोज– ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै तस्करीका मुख्य नाइके मानिएका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ ।

सुन तस्करी प्रकरणमा बहालवालासहित पूर्वप्रहरी अधिकारीविरुद्ध समेत मुद्दा लगाइएको थियो। पूर्वडीआईजी गोविन्द निरौला, तत्कालीन एसएसपी (हाल डीआईजी( दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी (हाल एसपी) प्रजित केसी, डीएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार विष्णुबहादुर खड्का, जवान अम्मरबहादुर खड्काले सफाइ पाएका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us