कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु
रासस
२०७८ असोज १७ गते १७:५१ मा प्रकाशित
डडेलधुरा, १७ असोज – डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।
वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ ।