काठमाण्डु, १७ असोज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेकपा एमालेमाथि चौतर्फी हमला भइरहेको बताएका छन्।
ललितपुरमा जारी विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आएका सुझावलाई समेटेर जवाफ दिने क्रममा उनले अहिले पार्टीमाथि चौतर्फी हमला भइरहेको बताए।
ओलीले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ। हामीले ती विविध प्रकारका हमला वैचारिक र अरु प्रकारका हमला भएको छ। विचार र संगठनमाथि हमला भएको छ । ‘