रुकुम, १४ असोज– रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो । घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र विक, २४ बर्षीय गोपाल विक, २१ बर्षीय विष्णु कामी र २२ बर्षीय कृष्ण विक रहेको र उनीहरु फरार रहेको जानकारी दिएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको बताए ।
खानेपानी मुहानको बिषयमा विवाद हुँदा कुटपिट घटना भएको प्रहरीले जनाएको छ ।