लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ११ गते १६:४२ मा प्रकाशित

रुपन्देही, ११ असोज – लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी (पश्चिमं) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने २५ वर्षीय सौरभ सुवेदीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँके जिल्ला पनि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका–९ पार्वतीपुर नजिक सडकमा लु १ च ६९८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री ३५ वर्षीय धर्मराज घर्तीको मृत्यु भएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।

यता रुपन्देहीको बुटवलमा निर्माणाधीन घरबाट खस्दा ३० वर्षीय किसन चौधरीको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us