वडा कार्यालय र त्यस वरिपरिका घरमा तोडफोड

काठमाण्डु टुडे २०७८ असोज ११ गते ११:४६ मा प्रकाशित

गुल्मी, ११ असोज – आइतबार राती अज्ञात व्यक्तिहरुको एक समुहले गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय र त्यस वरिपरिका घरमा तोडफोड गरी नगद तथा जिन्सी चोरी भएको छ ।

वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि चोरी भएको वडाअध्यक्ष ठानीस्वर पाण्डेले बताए । उनले भने, वडा कार्यालय तोडफोड भएपनि कम्प्युटर र ल्यापटप बाहेक वडा कार्यालयमा रहेका अन्य सामाग्री चोरी भएको पाण्डेले बताए । वडा कार्यालयबाट के–के सामाग्री चोरी भयो भन्ने विस्तृत विवरण आउन भने बाँकी छ ।

यता, स्थानीय रविन्द्र पाण्डेको घरबाट नगद २२ हजार र मोवाइल चोरी भएको छ । त्यस्तै रुक्माङ्गत पाण्डेको घरबाट पनि २० हजार नगद चोरी भएको जनाइएको छ । सोही टोलका बिष्णु पाण्डे, डिल्लीराम पाण्डे र पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताए ।

वडाअध्यक्ष पाण्डेका अनुसार सो टोलमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us