काँग्रेसले टुंग्यायो ५ जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाण्डु टुडे २०७८ असोज ९ गते २०:२४ मा प्रकाशित

काठमाण्डु, ९ असोज– नेपाली काँग्रेसले ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ ।

शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us