एकीकृत समाजवादीमा रामकुमारी झाँक्रीसहित चार सचिव

काठमाण्डु टुडे २०७८ असोज ७ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, ७ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us