केपी ओलीले दायर गरेको रिट ‘हेर्दा हेर्दै’ मा

काठमाण्डु टुडे २०७८ असोज ४ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ४ असोज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिट ुहेर्दा हेर्दैु मा राखिएको छ।

सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको थियो।

निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरेका भएपनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा राखिएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us