समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य छ: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७८ असोज ३ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ३ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् ।

सातौं संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने बताएका हुन् ।
‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ,’ प्रधानमन्त्री देउवाले भने। उनले संविधान जारी भएको दिन नेपालीको विशिष्ट पर्व भएको पनि बताए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us