सुर्खेतबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ

काठमाण्डु टुडे २०७८ असोज २ गते १७:१५ मा प्रकाशित

सुर्खेत, २ असोज – सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पुर्ण बहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले बताएको छ ।

वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us