कास्की, १ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
राप्रपा कास्कीका अध्यक्ष निर्वाचित भएका गुरुङ निर्माण व्यवसायी समिति पोखराका समेत अध्यक्ष हुन् । हाल अध्यक्ष मात्रै चयन गरी कार्यसमिति विस्तार गरिए पनि चाँडै नै अध्यक्षले सदस्यहरूमध्येबाटै पदाधिकारी चयन गरी जिम्मेवारी दिने कार्ययोजना रहेको राप्रपा कास्कीले बताएको छ ।