कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डु टुडे २०७८ भदौ ३० गते १७:२५ मा प्रकाशित

पर्सा, ३० भदौ – आज देखि सञ्चालनमा आएको कक्षा –१२ को परीक्षामा पर्सागढी नगरपालिकाका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् ।
उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको प्रहरीको भनाइ छ ।

प्रवेश पत्रमा सन्दीपको तस्वीर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us