प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन्।

बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक संसद्‌बाट तत्काल पारित नहुने भएपछि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा पुग्न लाग्दा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us