सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ

काठमाण्डु टुडे २०७८ भदौ २६ गते १०:२५ मा प्रकाशित

संखुवासभा, २६ भदौ– सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् । नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us