काठमाण्डु, २५ भदौ– कोरोना महामारीका कारण बन्द पशुपतिनाथ मन्दिर भक्तजनका लागि आजदेखि खुलेको छ ।
भिडभाडका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै पशुपति क्षेत्र विकास कोषले गत १० वैशाखमा पशुपतिको मुख्य मन्दिर बन्द गरेको थियो । शुक्रबार बिहान ६ बजेदेखि पशुपतिनाथसँगै गुह्येश्वरी मन्दिर खुला गरिएको कोषले जनाएको छ ।
कोषले मन्दिर आउने भक्तजनले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । भक्तजनलाई मास्क अनिवार्य गरिएको छ भने सामाजिक दूरीसहित एकपटकमा २५ जनाले मात्र दर्शन गर्ने गरी व्यवस्था मिलाइएको छ ।