प्रदेश २ मा एमालेभन्दा ठूलो बन्यो एकीकृत समाजवादी

काठमाण्डु टुडे २०७८ भदौ १८ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– प्रदेश नं. २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) संसदमा एमालेमा भन्दा ठुलो दल बनेको छ ।

बिहीबार प्रदेश सभामा एमालेका २१ सांसदमध्ये ११ जनाले (एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेपछि अहिले एमाले १० सिटमा रहेको छ । सांसद रविन्द्र बैठाका अनुसार बिहीबार सनाखत गर्नेहरुमा

शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव रहेका छ ।

जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने दिल्लीमा उपचाररत सांसद  डिल्लीप्रसाद उप्रेतीले राजदूतावासमार्फत् चिठी पठाएर समाजवादीका पक्षमा सनाखत गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us