मेलम्ची खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्कियो

रासस २०७८ भदौ ४ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, ४ भदौ–  काठमाडौँको सामाखुसीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रह्लाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए ।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय  काठमाडौँको सामाखुसी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us